एसएसपी सौरभ राणालाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो। एसएपी राणाा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्।

हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणा तत्कालिन संघिय प्रहरी कार्यालय प्रदेश १ मा कार्यरत रहँदा जर्वजस्ती करणी उद्योग मुद्दामा मुछिएका थिए ।

पछि प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले उनी बिरुद्धको मुद्दा अघि फिर्ता गरेको थियो। 

इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहदा राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..