राैतहट । दुई नम्बर प्रदेशका डीआईजी उमेश रन्जितकारले राैतहट जिल्ला प्रहरी कार्यालयका घुमुवा असई कमल कार्कीलाई प्रदेश प्रहरी कार्यालयमा तानेका छन् । बारा जिल्ला प्रहरी कार्यालयकाे संचारमा दरबन्दी भए पनि असई कार्की राैतहटमा घुमुवा कमान्डरकाे रूपमा कार्यरत थिए। डीआईजी रन्जितकारले अहिले दुई नम्बर प्रदेशमा तस्करी नियन्त्रण र घुमुवा परिचालन गरि रकम उठाउने प्रवृत्तिलाई नियन्त्रण गर्न लागि परेका छन ।
बारा र पर्सामा प्रदेशको तर्फबाट घुमुवा कमान्डर रहेका हवल्दार श्याम साहलाई यसअघि नै प्रदेशमा तानिसकेका छन् । अब प्रदेशको तर्फबाट घुमुवा खटिनेमा राैतहटमा हवल्दार राजमंगल सिंह रहेका छन् । देशमा सरकार परिवर्तन भएको छ । गृहमन्त्री परिवर्तन भएका छन् । एकचालीस महिनापछि काङ्ग्रेसको नेतृत्वमा सरकार बनेको छ । गृहमन्त्री पनि काङ्ग्रेसको हातमा छ। नेपाली काङ्ग्रेसको भाेलि नेतृत्व सम्हाल्ने बालकृष्ण खांड गृहमन्त्री बनेका छन् ।
गृहमन्त्री हुदांकाे कार्यशैली उनको भाेलिकाेराजनैतिक भविष्य पनि हो । यसकारण पनि उनले प्रहरी प्रशासनमा गर्ने नीतिगत निर्णय , सरूवा बढुवा , तस्करी नियन्त्रण जस्ता कुराहरूले उनको राजनैतिक भविष्य र कार्यशैलीकाे बाटो देखाउछ। तस्करीको अखडाका रूपमा चिनिने खासगरी दुई नम्बर प्रदेशमा अहिले पनि खुलेयाम तस्करी भैरहेको छ। नेपाल प्रहरीको डीआईजी उमेश रन्जितकार केही दिन अगाडि मात्रै सरूवा भएर आएका छन् ।
तर उनले जिल्लाका एसपी , इप्रकाका प्रमुख र स्वयं उनी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालयबाट रकम उठाउनका लागि खटिएका घुमुवाहरू अहिलेसम्म पनि हटाउन सकेका छैनन् । हटाउने तयारी र लक्षण समेत देखाएका छैनन् ।बरू आफु राैतहटकाे एसपी हुदां घुमुवा राखेका हवल्दार लाई झन् घुमुवा कमान्डरकाे जिम्मेवारी दिएको देखिएको छ।
राैतहटकाे जयनगर र मटियाबाट अहिले ठूलो मात्रामा तस्करी चलिरहेको छ। जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएका घुमुवा असई कमल कार्की र नाकामा रहेका जयनगर एवं मटियाका चाैकी प्रमुखहरूकाे सेटिङमा यी दुई नाकाबाट ठूलो तस्करी चलिरहेको छ। यी नाकाबाट तस्करीको लाइन पाउनेमा माेतिपुर नरकटियाका ब्रकत अलि रहेका छन् । कपडा , सुख्खापत्ता , हाड्वयेर सदाबहार भए पनि सिजन अनुसारको मल देखि सुन सम्मको सबै तस्करी गर्ने ब्रकत अलिले अहिले जिल्लाको घुमुवा असई कमल कार्की काे मुख्य सेटिङमा ठूलो तस्करी गरिरहेका हुन ।
जिल्लाकाे घुमुवा हुनुअघि असई खत्री गाैर भन्सार स्थित प्रहरी चाैकीकाे प्रमुख थिए। त्यहां रहंदा यसरी नै धेरै तस्करीको काण्डमा बदनाम र बिबादित भए पछि उनी बिरूद्व प्रहरी प्रधान कार्यालय सम्म गुनासो र उजुरी परेपछि मुख्यालयले उक्त चाैकीबाट हटाउन निर्देशन दिएको थियो । छानबिन गरि कारवाही गर्न भनेपनि जिल्ला प्रहरीले उल्टो असई कार्की लाई जिल्लाकाे घुमुवा कमान्डर बनाएर रकम असुलीमा सक्रिय बनाएको छ। समाचारमा रहेको तस्बिरमा तस्कर ब्रकत अलिसंग घुमुवा असई कमल कार्की ले गफ गरिरहेकाे देखिन्छ ।एउटा तस्करसंग एक प्रहरी त्यसमाथि जिल्ला प्रहरीको घुमुवा तस्करीको घरमा गएर भेट्नु र जुनतरिकाले गफ गरिरहेकाे देखिन्छ त्यसबाट प्रष्ट हुन्छ कि असई कार्की ले तस्करी सेटिङ गरिरहेका छन् ।
एउटा प्रहरीको एक अपराधमा संलग्नता भएको व्यक्तिसंग कलडिटेल देखिँदा कारवाही मात्र हाेइन जागिर गएको दृष्टान्त प्रहरीमा नै भएको अवस्थामा यहाँ एउटा जिल्ला प्रहरीको घुमुवा तस्करको घरमा भेट्न गएको फाेटाेबाट समेत पुष्टि भएको छ । अब डिआइजी र आइजिपीले कस्तो कारवाही गर्छन् त्यो हेर्न बांकी नै छ ।त्यति मात्र हाेइन घुमुवा असई कार्की को दरबन्दी राैतहट नभएर बारा जिल्लामा हो । दरबन्दी नभएको प्रहरीलाई राखेर तस्करी गराई रकम असुली अभियान राैतहट प्रहरीमा चलेको छ। यसबाहेक घुमुवा असई कार्की को पर्साका राम्रो र मालदार चाैकीहरूमा प्रमुख हुदा पनि यस्तै तस्करी र असुलीकाे कारण बदनाम भएको थियो ।
उनले पर्साका राम्रो चाैकी जति बसिसकेका छन् । अाखिर किन एकै व्यक्तिलाई तस्करी गराई अतिरिक्त अाम्दानी हुने चाैकी र घुमुवा बनाएर बारम्बार असुल्ने अवसर दिइन्छ आइजिपी साप । यसअघि असई हरेन्द्र ठाकुर र महेन्द्र साहलाई यसरी नै घुमुवा राखेर रकम असुली गरेको कारण राैतहट प्रहरी धेरै बदनाम भएको थियो । त्यसपछि उनीहरू आफ्नो दरबन्दी माेरङ र सप्तरी लखेटिएका थिए । त्यसपछि असई कमल कार्की लाई घुमुवा कमान्डर बनाइएको छ।
अहिले बाहिर देखावटी रूपमा असई कार्कीलाई जिल्ला प्रहरी कार्यालय भित्र राखेको देखाएर उनै कार्कीले परिचालन गरेका चार जना सिपाहीहरू परिचालन गरि रकम असुल्ने काम भइरहेको छ। ती सिपाहीहरूमा दिनेश यादव , कृष्णमाेहन सिंह , मनाेज साह र उमेश सहनी रहेका छन् । कार्कीले व्यापारी र तस्करहरूबाट रकम असुल्न यिनै चार जनालाई परिचालन गर्दै आइरहेका छन् । डीआईजी अथवा प्रहरी मुख्यालयले साेधेमा असई कार्की कार्यालय भित्र युनिफर्म लगाएर काम गरिरहेकाे रिपोर्टिङ गरिन्छ तर यथार्थमा कार्कीले यिनै चारलाई परिचालन गरि असुली गरिरहेका छन् ।


