डीआईजी उमेश रञ्जितकारको ठूलो सफलता : सुजिताको शव भेटियो

जनकपुरधाम । सुजिता हत्या प्रकरणमा निकै प्रयास पछी आज प्रदेश प्रहरीले ठूलो सफलता हात पारेको छ । गाउकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टंकीमा सुजिताको शव सरेगलेको अवस्था भेटीएको हो ।

प्रदेश प्रहरी , संघिय प्रहरी , जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त मेहनतको प्रतिफलमा यो ठूलो सफलता हाथ पारेको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डीआईजी उमेश रञ्जितकार , डीएसपी ज्ञान कुमार महतो , संघिय प्रहरीका डीएसपी छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशंभरनाथ र अभियन्ता रायको संयुक्त प्रयासमा सुजिताको शव खोजि गर्न सफल भएका हुन ।

सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइरहदा प्रहरीले असार १३ गते सुजिताको श्रीमानको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएका थिएन ।

यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको दवावमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।

त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..