स्वयम्भूको डेटिङपछि घ्याम्पेडाँडाको ‘यौन काण्ड’: उपसचिवलाई उन्मुक्ति, खरिदारलाई मुद्धा !

काठमाडौं । सरकारी सवारीमा चढेर मस्ती गर्ने बेथिती मौलाइरहेको छ । निषेधाज्ञाको समयमा सरकारी गाडीमा स्वयम्भू डेटिङमा जाने उपसचिव भाइरल भए । निषेधाज्ञाको समयमा नियम उल्लंघन गरे पनि उनलाई उन्मुक्ति दिइयो । कारबाही चलाइएन । घटना त्यत्तिकै सामसुम पारियो ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानविन गर्न समिति बनाए पनि पास लिएका कारण निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष निकालियो । त्यसपछि त्यो घटना त्यत्तिकै सामसुम भयो ।उक्त घटना सेलाउन नपाउँदै भक्तपुरको घ्याम्पेडाँडाको खरिदारको नयाँ काण्ड आएको छ ।

उनी बिहीबार मध्यराति घ्याम्पेडाँडामा यौन क्रियाकलापमा लिप्त अवस्थामा रंगेहात पक्राउ परे । उनीसँगै गाडी चालक पनि पक्राउ परे । दुवैले एक युवतीमाथि यौन गतिविधी गरिरहेको अवस्थमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोलीले रंगेहात पक्राउ गरे ।पक्राउ परेका तीनै जनामाथि छानविन सुरु भयो । छानविनका क्रममा सेतो नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेछ । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक र खरिदार रहेछन् ।


पक्राउ पर्नेमा मन्त्रालयका खरिदार ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय चालक शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेकी छन् ।अनुसन्धानका क्रममा युवतीले आफूले राती ११ बजे लिफ्ट मागेको । र, लिफ्ट पाएपछि गाडी चलेको । गाडीमा सवार हुने क्रममा सहमतीमै दुवैजनासँग यौनसम्बन्ध राखेको बयान दिएकी छन् ।


प्रहरीले युवतीको बयान सुनेपछि गाडी चालक र खरिदार खत्रीमाथि मुद्धा यौजन्य गतिविधिमा मुद्धा चलाएको छ भने युवतीलाई भने उन्मुक्ति दिएको छ ।
दुवैमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुर चलाइने भनिएको छ ।


स्वयम्भू र घ्याम्पेडाँडाको उक्त गतिविधिमा संलग्नमध्ये निषेधाज्ञा उल्लंघन गर्ने उपसचिव रोशन श्रेष्ठलाई छुट दिइएको छ भने मध्यरातमा यौन क्रियाकलापमा सरकारी गाडीभित्र लिप्त खरिदार खत्रीलाई मुद्धा चलाइएको छ ।कारबाही त सबैलाई बराबारी होला ? यस्ले नेपालको कानून दैवले जानुन भन्ने अथ्र्याउँदैन ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..