लागु औषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी थापा

काठमाडौं । लागुऔषध अनुसन्धान ब्यूरो(एनसिबी) को प्रमुखमा एसएसपी हृदय थापाको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार उनको सरुवा गरेको हो ।

ब्यूरोका प्रमुख रहेका एसएसपी दिलिप चौधरीले गत साता अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो । रिक्त पदमा थापाको सरुवा भएको हो । एसएसपी थापा अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकृत मानिन्छन् ।

दुई साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..