लागु औषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी थापा

काठमाडौं । लागुऔषध अनुसन्धान ब्यूरो(एनसिबी) को प्रमुखमा एसएसपी हृदय थापाको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार उनको सरुवा गरेको हो ।

ब्यूरोका प्रमुख रहेका एसएसपी दिलिप चौधरीले गत साता अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो । रिक्त पदमा थापाको सरुवा भएको हो । एसएसपी थापा अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकृत मानिन्छन् ।

दुई साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..