एनसेलका फोरजी ग्राहक ५० लाख टेलिकम झण्डै २४ लाखले पछि

काठमाडौं। नेपालभर गत चैत २०७७ सम्म फोरजी मोबाइल सेवा प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस रिपोर्टअनुसार फागुनसम्म ७६ लाख ६८ हजार १८१ फोरजी ग्राहक रहेकोमा चैतमा दुई लाखभन्दा बढी थपिएका छन्।

फोरजी ग्राहक थप्नेमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल अघि देखिन्छ। फागुनसम्म एनसेलसँग ४८ लाख ५६ हजार ७४२ फोरजी ग्राहक रहेकोमा चैतमा ५० लाख नाघेको छ। एनसेलले एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपेर ५० लाख १७ हजार १७० पुर्‍याएको प्राधिकरणले जनाएको छ।


सरकारी स्वामित्वको नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ। फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकोमा बढेर २६ लाख ३६ हजार ६४७ पुर्‍याएको प्राधिकरणले जनाएको छ। निजी क्षेत्रको अर्को सेवा प्रदायक स्मार्ट टेलिकमको फोरजी ग्राहक संख्या भने ओरालो लागेको छ। फागुनमा दुई लाख २३ हजार १४५ ग्राहक रहेको चैतमा घटेर दुई लाख १७ हजार ७३८ पुगेको प्राधिकरणको तथ्यांक छ।

त्यसैगरी, थ्रीजी ग्राहकहरुको संख्या भने टेलिकमको बढेकोमा एनसेलको भने घटेको देखिन्छ। प्राधिकरणका अनुसार फागुनमा टेलिकमसँग ९० लाख ९४ हजार ९६० थ्रीजी ग्राहक रहेकोमा चैतमा बढेर ९३ लाख ३५ हजार ४३४ पुगेको छ।


एनसेलसँग फागुनमा २४ लाख ७० हजार ४२९ थ्रीजी ग्राहक रहेकोमा चैतमा घटेर २४ लाख २५ हजार ७० पुगेको प्राधिकरणले जनाएको छ। नेपालमा टेलिकम र एनसेल दुवैको गरी चैतसम्म एक करोड १७ लाख ६० हजार ५०४ थ्रीजी ग्राहक छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..