हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०७८।०३।०७ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक कार्कीको बागमती प्रदेश प्रहरी कार्यालयमा हेटौडा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयमा भव्य स्वागत गरिएको छ ।




