ललितपुर महानगर ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ । महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनामूलक ढुंगाले सजाउँदै छौं’ नगर प्रहरी प्रमुख हाछेथुले भने– ‘ढुंगामा पेन्ट गरेर सचेतना जगाएको सम्भवत नेपालमा पहिलो हो ।’ ललितपुर महानगरले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिँदै दुई ट्रक ढुंगा ल्याएर सो सचेतना शुरु गरेको हो ।

कुपण्डोल हुँदै पुल्चोक सम्मका सडकमा पेन्ट गरिएका ढुंगामा ‘सुरक्षित यात्रा गरौं र बिस्तारै हाँकौँ’ लगायतका सचेतना मुलक स्लोगन राखिएको छ । सवारी चालकको जानकारीका लागि राखिएका होर्डिङ बोर्ड हटाएर अब, ढुंगामा पेन्ट गरेर राखिने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

‘होर्डिङ बोर्डको रंग उड्ने र खुट्टा भाँचिएर कुरुप देखियो, अब ढुंगाले त्यस्ता बोर्ड रिप्लेस गर्छौँ ।’ शहरलाई पृथक देखाउन र हरियाली प्रवर्द्धन गर्न ललितपुर महानगरले यसअघि पोलमा जथाभावी टाँसिएका पोष्टर हटाएर हरियो रंग पेन्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..