१५ एसएसपीको सरुवा,को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ वरिष्ठ उपरिक्षक (एसएसपी) सरुवा गरेको छ । मन्त्रालयले सोमबार सरुवा सूचीमार्फत् विभिन्न स्थानमा १५ एसएसपीको सरुवा गरेको हो ।सरुवा सूचीको पहिलो नम्बरमा मीरा चौधरी रहेकी छन् ।

उनलाई हेटौँडाबाट प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।दोस्रोमा श्यामलाल ज्ञवाली रहेका छन् । उनी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक सरुवा भएका छन् । यसअघि उनी जनकपुरमा रहेका थिए ।


तेस्रोमा उमाशंकर पन्जियार रहेका छन् । उनी काठमाडौंबाट प्रदेश कार्यालय वीरगञ्जमा सरुवा भएका छन् । चौँथोमा जनकराज पाण्डेय प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा भएका छन् । यसअघि उनी डोटीमा रहेका थिए । पाँचौँमा गोविन्दकुमार शाह प्रदेश नम्बर एकको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाबाट धरानमा सरुवा भएका छन् । छैटौँमा कृष्णहरि शर्मा पोखरेल काठमाडौंबाट प्रदेश कार्यालय पोखरामा सरुवा भएका छन् ।


यसैगरी हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना तथा विकास निर्देशनालयमा, टेकबहादुर तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंंगालमा, नल प्रसाद उपाध्याय कञ्चनपुरबाट नक्सालमा, राजेन्द्रप्रसाद चौधरी सुनसरीबाट प्रदेश एकको प्रहरी कार्यालयमा, उमेशराज जोशी बनेपाबाट नक्सालमा सरुवा भएका छन् ।

त्यस्तै, दिपक थापा प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा, चन्द्र कुबेर खापुङ डोटीबाट काठमाडौंमा, विक्रमबहादुर चन्द पोखराबाट दीपायलमा र नरबहादुर खत्री कास्कीबाट गण्डकी प्रदेशमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..