एसपी अधिकारी चढेको गाडी ट्रकसँग ठोकिदा ६ प्रहरी घाइते

चितवन । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी सवार गाडी गाईघाटमा दुर्घटना भएको छ । दुर्घटनामा परी एसपी अधिकारीसहित ६ जना प्रहरी घाइते भएका छन् ।नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाइते भएका हुन् ।

गाईघाटमा माल बाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए ।‘हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ ।

मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ’, सिडिओ लामिछानेले भने, ‘एसपी साबको गाडी अगाडी थियो, एक्कासि ट्रकले हान्यो, धन्य केही भएन । हाम्रो अन्य टोलीलाई पनि केही भएन ।’घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको त कतै हातमा चोट लागेको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..