हेलिकप्टरमार्फत् खोज तथा उद्धार जारी

सिन्धुपाल्चोक। जिल्लाको हेलम्बुमा बाढीका कारण ७ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

हेलम्बुमा घर, टहरा, फार्म, पुललगायतका संरचना बाढीले बगाएको छ । पानीको बहाब नघटेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन । बाढीले मेलम्ची बजारमा हालसम्म मानविय क्षति नभएको सीडीओ पोखरेलले बताए ।यस्तै, मेलम्चीमा आएको बाढीका कारण डुबानमा परेका बासिन्दाका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।


घरको क्षतमा रहेका व्यक्तिलाई हेलिकप्टरद्वारा उद्धारको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..