भारतले धारचुला-लिपुलेक सडक विस्तार गर्दा भत्कियो नेपालको बाटो

काठमाडौं । महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा भत्किएको छ । व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा गत मंगलबार क्षति पुगेको हो ।भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको छ ।

महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो ।जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सशस्त्र प्रहरीले सो बाटोमा पूर्ण क्षति भएपछि त्यसको वैकल्पिक बाटो खोलेको हो । मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो ।

विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएको हो ।प्रमुख जिल्ला अधिकारी सिद्धराज भट्टले थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्‍याएको जानकारी दिए । ‘हामीले भारतीय पक्षलाई पत्र लेखेर यसको जानकारी गृह मन्त्रालयलाई दिइसकेका छौं । पहिरोका कारण नेपाली भूभागमा क्षति भएकोले नेपालमा क्षति हुने गरी गरिएको काम तत्काल रोक्न भनेका छौं ।’ उनले भने, ‘बाटो नबनाउ भन्न मिल्दैन, हाम्रोमा क्षति हुनु भएन यत्ति कुरा हो, यही व्यहोरा लेखेर हामीले पत्र पठाएका छौं’, उनले भने ।

मंगलबार महाकाली थुनिएर बाटोमा क्षति पुगेपछि बुधबार सुरक्षा समितिको बैठक बसेर बिहीबार पत्र पठाइएको भट्टको भनाई छ । सोको जानकारी गृह मन्त्रालयमा पनि दिइएको हो ।नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् भारतले तीव्रता दिएको छ ।


नेपाली भूमि हुँदै मानसरोवर जाने ‘सिंगल लेन’ सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरेकामा नेपालले असहमति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..