प्रहरीको रासन भत्तामा वृद्धि,तल्लो दर्जाका प्रहरी खुसी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटकपटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।

यतिबेला कोरोना महामारीका लागि अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्ला तहका कर्मचारी रासन भत्तामा भएको वृद्धिसँग खुसी छन् । सरकारले पाँच वर्षमा उनीहरूले पाउँदै आएको रासन भत्ताको रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशतले वृद्धि गरेको घोषणा गरेका हुन् ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता विगत पाँच वर्षदेखि बढ्न सकेको थिएन भने गृह मन्त्रालयले दुवै प्रहरीतर्फबाट आएका गुनासा सुनेर ५० प्रतिशत वृद्धि गर्न प्रस्ताव गरेको थियो । त्यसबखत गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले यस्तो प्रस्ताव अघि बढाएका थिए । तर, अर्थ मन्त्रालयले बजेट अभाव भएको र राज्यलाई आर्थिक भार पर्ने भन्दै यसअघि प्रस्ताव स्वीकृत गरेको थिएन ।

तर, योपटक अर्थमन्त्री पौडेलले २०७२ माघदेखि बढ्न नसकेको सुरक्षाकर्मीको रासन भत्ता बढाउने निर्णय गरेपछि दुवै प्रहरी संगठनले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विकटता अनुसार प्रहरीले पाउँदै आएको रासन भत्ताको दर पनि फरक भएको जानकारी दिए ।

उनका अनुसार हाल प्रहरीले जिल्लाको विकटताको अवस्था हेरेर ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता पाउँदै आइरहेका छन् । प्रहरी प्रवक्ता कुँवरका अनुसार हुम्ला, जुम्लाजस्ता जिल्लामा रासन भत्ताबापत प्रहरीले १० हजारको हाराहारीमा रकम पाउने गरेका छन् । काठमाडौंमा भने भत्ता रकम ४ देखि ५ हजारको बीचमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..