ललितपुर । कोरोना महामारीमा अस्पतालमा अक्सिजनको अभावमा कतिपयले ज्यान गुमाउनुपरेको छ । तर जीवन बचाउनका लागि प्रयोग हुने अस्सिजन समेत कालोबजारी हुने गरेको पाइएको छ । बुधबार ललितपुर प्रहरीले अक्सिजन सिलिन्डर कालो बजारी गर्ने तीन जनालाई नगदसहित महालक्ष्मीथानबाट रंगेहात प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् ।
तीनैजनालाई अक्सिजन ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले पक्राउ गरेको थियो ।
१५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।उनीहरुलाई कालो बजारी र सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जानकारी महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन् ।


