अक्सिजन सिलिण्डर सङ्कलन गर्दै सिरहा प्रहरी

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । 

सिरहाको विभिन्न निजी उद्योगहरुबाट अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । कोभिड १९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भईरहेका बेला जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाको सन्युक्त टोलिले मिर्चैया नपा १ मा रहेको सूर्या सिमेन्ट उद्योगबाट ३० थान र कर्जन्हा नपा ४ बन्दिपुरमा रहेको प्रशान्त वालुवा प्रशाधन क्रसर उद्योगबाट ३ थान सहित ३३ थान सिलिण्डर सङ्कलन गरेको हो ।

alt

सङ्कलित सिलिण्डर डीसीसीएमसी सिरहाको निर्णय बमोजिम स्वास्थ्यकार्यालय सिरहाको पत्रानुसार अक्सिजन रिफिल गरी आवश्यकता अनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहा शाखाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) हिरा बहादुर पाण्डेले जानकारी दिए ।

अहिले देशभर अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । जसका कारण कोरोना सङ्क्रमितहरुले ज्यान समेत गुमाउनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..