अक्सिजन सिलिण्डर सङ्कलन गर्दै सिरहा प्रहरी

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । 

सिरहाको विभिन्न निजी उद्योगहरुबाट अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । कोभिड १९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भईरहेका बेला जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाको सन्युक्त टोलिले मिर्चैया नपा १ मा रहेको सूर्या सिमेन्ट उद्योगबाट ३० थान र कर्जन्हा नपा ४ बन्दिपुरमा रहेको प्रशान्त वालुवा प्रशाधन क्रसर उद्योगबाट ३ थान सहित ३३ थान सिलिण्डर सङ्कलन गरेको हो ।

alt

सङ्कलित सिलिण्डर डीसीसीएमसी सिरहाको निर्णय बमोजिम स्वास्थ्यकार्यालय सिरहाको पत्रानुसार अक्सिजन रिफिल गरी आवश्यकता अनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहा शाखाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) हिरा बहादुर पाण्डेले जानकारी दिए ।

अहिले देशभर अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । जसका कारण कोरोना सङ्क्रमितहरुले ज्यान समेत गुमाउनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..