अक्सिजन सिलिण्डर संकलन गर्दै, अस्पतालमा बुझाउँदै एसपी चतुर्बेदी

कञ्चनपुरले । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न उद्योगमा होल्ड गरी राखेका २९ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ। उद्योग, कलकारखाना, सप्लायर्स, ग्यारेज तथा फर्निचर र व्यक्तिको घरमा राखिएका अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ।

ती सिलिण्डर कोरोना अस्पताल महाकाली र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी कोरोना अस्पताललाई बुझाइएको प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले बताए।

कोभिड महामारीको दोस्रो लहरका क्रममा अक्सिजन र सिलिण्डरको अभाव भइरहेका बेला प्रहरीले संकलन गर्ने अभियान जारी राखेको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बर्दियाले १६ थान अक्सिजन संकलन गरी बुधबार नगर कोभिड अस्पताल ठाकुरबाबा र बारबर्दिया नगरपालिकालाई हस्तान्तरण गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..