कञ्चनपुरले । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न उद्योगमा होल्ड गरी राखेका २९ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ। उद्योग, कलकारखाना, सप्लायर्स, ग्यारेज तथा फर्निचर र व्यक्तिको घरमा राखिएका अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ।
ती सिलिण्डर कोरोना अस्पताल महाकाली र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी कोरोना अस्पताललाई बुझाइएको प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले बताए।
कोभिड महामारीको दोस्रो लहरका क्रममा अक्सिजन र सिलिण्डरको अभाव भइरहेका बेला प्रहरीले संकलन गर्ने अभियान जारी राखेको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय बर्दियाले १६ थान अक्सिजन संकलन गरी बुधबार नगर कोभिड अस्पताल ठाकुरबाबा र बारबर्दिया नगरपालिकालाई हस्तान्तरण गरेको छ।


