वाग्मती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

काठमाडाैं । वाग्मती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाइहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको हो ।


वाग्मती प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार ५०० थान काठको डमी हतियार निर्माण गरी वाग्मती प्रदेशअन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाइमा वितरण गरी प्रयोग गर्ने अवधारणाअनुरुप यस कार्यको थालनी गरिएको हो ।
यस कार्यालयको आन्तरिक स्रोतसाधन तथा हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको प्रदेश प्रहरीले जनाएको छ ।


नक्कली हतियारको तौल र साइजमा निर्माण गरी वाग्मती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने इकाइ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दूधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट हस्तान्तरण गरिएको छ ।


फायरिङ बाहेकका अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने भएकोले पाइलट प्रोजेक्टको रुपमा वितरण गरिएका डमि हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरी आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिँदै जाने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..