कोभिड-१९ कहरमा यसरी दिन्छन् एसपी चतुर्वेदी स्वास्थ्य तथा सुरक्षा सम्वन्धी सन्देश

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीले कोरोना भाइरस महामारीमा नागरिकलाई स्वास्थ्य सन्देश दिने गरेका छन्। उनले नागरिकका प्रत्येक घर घरमा ननपुगे पनि सामाजिक सन्जालमा स्वास्थ्य तथा सुरक्षा सम्वन्धी सन्देशमुलक जानकारी दिने गरेका हुन्।

एसपी चतुर्वेर्दीले भनेका छन्, ‘सुरक्षित,सजग र सहयोगी बनौं !कठिन परिस्थती छ, समाजमा त्रासको वातावरण छ, मानवीय क्षेति भई रहेको अवस्था छ।अव हामी कहाँ चुक्यों तथा आगामी दिनमा क कसले के दायित्व निर्वाह गर्नु पर्ने हो ? सोको वारेमा गम्भीरता पूर्वक मनन गर्न जरुरी छ।’

आम नागरिक 


१) स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं।
२) अति आवश्यक काम वाहेक घरवाट न निस्कौं।
३) मास्क र सामाजिक दूरीको कडाईका साथ पालना गरौं।
४)कोभिड संक्रमणबारेमा छर छिमेकलाई समेत सचेत गराई सजग बनाई राखौं।
५) घर परिवारलाई स्वास्थ्य सुरक्षाको वारेमा सचेत गराई राखौं।
६) घर वाहिरा गई राख्ने ब्यक्तिले घरमा रहँदा बस्दा बिशेष ध्यान दिने, मास्क लगाउने।
७)घरमा रहेका दीर्घ रोगि तथा जेष्ठ नागरिकलाई बाहिर निस्कन न दिने तथा निजहरुलाई बिशेष ध्यान दिने।
८) सर सामान किन्न जादा मास्क तथा सामाजिक दूरीको विशैष ध्यान दिने, कुनै लापरवाही न गर्ने।
९) सके सम्म लामो समयको लागि खाद्दय सामाग्री तथा तरकारीको भण्डारण गर्ने।
१०) ब्यक्तिगत भेटघाट तथा पारिवारिक भैटघाट बन्द गर्ने।
११) हाललाई विवाह लगायतका संस्कार सकभर न गर्ने, गर्नै पर्ने भए सरकारले तोकि दिएको मापदण्डको पूर्ण पालना गर्ने।
१२) कुनै पनि सामूहिक भिंडभाडको कार्यक्रममा न जाने।

सामाजिक दायित्व


१) संक्रमण फैलिन न दिन सवै किसिमको दायित्व निर्वाह गर्ने।
२) संकटको घडीमा सामूहिक चिन्तन, दायित्व र सहभागिता सुनिश्चित गर्ने।
३)आफ्नो टोललाई सुरक्षित राख्न हर सम्भव प्रयास गर्ने र प्रत्येक घर परिवारलाई संक्रमण फैलिने कुनै पनि गतिबिधी गर्न न दिने, विरोध गर्ने।
४) टोल सुरक्षित भए तपाईको परिवार सुरक्षित रहने कुरा सवैले बोध गर्ने, सोही बमोजिमको ब्यवहार प्रदर्शन गर्ने।
५) यस संकटको घडीमा सवै काम प्रहरी र प्रशासनले गरि दिन्छ भनि पर्खेर न बस्ने।
६) नेपाल प्रहरी आफ्नो सम्पूर्ण जनशक्ति परिचालन गरी कोभिड १९ को संक्रमण नियन्त्रणको लागि २४ सै घण्टा खटिई रहेको छ, तपनि प्रहरीको अन्य थुप्रै दायित्व समेत हुने भएकोले प्रत्येक क्षण प्रत्येक टोलमा पूग्न न सकिने भएकोले हातेमालो गरौं।
७) स्वयम सेवि भावनाका साथ निस्वार्थ परिचालित हुने तथा संक्रमण रोक्न सामूहिक र ब्यक्तिगत दायित्व निर्वाह गरौं।
८) काला बजारी दण्डनीय अपराध हो यसको बारेमा प्रहरी प्रशासनलाई गोप्य जानकारी दिने तर पूर्वाग्रही नहुने।
९) यो रोगलाई गम्भीररुपमा लिने ख्याल ठट्टा न ठान्ने, आफु वाच्ने र अरुलाई समेत बचाउने कार्यको लागि प्रतिबद्द बन्ने।
बहाने बाजी तथा छलकपट गरि शयर गर्ने बेला होईन, रमाईलो गर्ने र पछि पछुताउने काम न गर्ने, केही दिन वा महिना पछि राम्रो समय अवश्य आउला धैर्यता राख्ने र समाज प्रति उत्तरदायी बन्ने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..