नेपाल प्रहरीकाे समन्वयमा ललितपुरका अस्पताललाई अक्सिजन

काठमाडाैं । महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा विभिन्न अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।
कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेपछि जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन रहेका १५९ थान सिलिण्डर संकनल गरेर अस्पताललाई सहयोग गरिएको हो।

ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान सिलिण्डर दिइएको छ। यस्तै, किस्ट मेडिकल कलेज, इमाडोललाई ३०, बज्रबाराही अस्पताल, चापागाउँलाई १० र अल्का अस्पताल, जावलाखेललाई १५ थान सिलिण्डर दिइएको हो।

यस्तै, खाली रहेका र प्रयोगविहिन अवस्थामा रहेका सिलिण्डर रहे नजिककाे अस्पताल वा प्रहरीलाई खबर गर्दिन उनले आग्रहसमेत गरेकी छिन्। ललितपुरमा पछिल्लो २४ घण्टामा ५६७ संक्रमित थपिएका छन्। यस्तै, यहाँ ४ हजार ९४७ सक्रिय संक्रमित रहेका छन् भने २३० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..