सिरहाका एसपी तानिए,ईलाममा सफल नेतृत्व गरिसकेका एसपी पाण्डेलाई सिरहा प्रहरी प्रमुखको जिम्मेवारी

सिरहा । प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदीप राजभण्डारीलाई फिर्ता गरेको छ । उनले ३ महिना अगाडी मात्रै सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

कार्यक्षमतामा कमजोर देखिएपछि उनलाई फिर्ता गरेर प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत प्रहरी उपरीक्षक ( एसपी ) हिराबहादुर पाण्डेलाई सिराहा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले हिजो (मंगलबार) उक्त काज सरुवाको निर्णय गरेका हुन् । विभिन्न विवादमा परेका एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भएको छ ।

सिरहा प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएका एसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय इलामको समेत सफल नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..