पत्रकार महासंघलाई अक्सिजनसहितका सामग्री प्रदान

काठमाडौं । देशमा बढिरहेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महासंघले पत्रकाहरुका लागि आवासगृहलाई अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको हो । महासंघले प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्री राखेर आइसोलेसन बनाउने निर्णय २०७८ बैशाख १८ मा गरेको थियो ।


महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको थियो । महासंघको त्यही आग्रहपछि म्याक्सिम इन्टरनेशनल ट्रेडिङले आइसोलेसनका लागि अक्सिजन र केही थान बेड कभर पनि प्रदान गरेको छ ।


म्याक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले महासंघका अध्यक्ष बिपुल पोखरेललाई बिहीबार अक्सिजन र बेडकभर हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..