रातारात नागढुंगाबाट सयौं यात्रु तथा मालबाहक सवारीसाधन काठमाडौं भित्रिए

धादिङ । कोरोना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको दोस्रो दिन राति नागढुंगा नाका भएर सयौं सवारी काठमाडौं उपत्यका भित्रिएका छन् ।


खाद्य सामग्री बोकेका सवारी साधन मात्र नभएर यात्रुवाहक बस, ढुंगा गिट्टी र वालुवा बोकेका ट्रक तथा ट्रिपरहरु पनि उपत्यका प्रवेश गरेका छन् । राति १० बजेपछि एकैपटक सबै खाले सवारी छोडिदा नौबीसे नागढुङा सडक अन्तर्गत झ्यापले खोलादेखि सवारी साधनको जाम नै लागेको थियो ।


निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक सेवाको सवारी साधनलाई मात्र काठमाडौं उपत्यका भित्र प्रवेश गर्न अनुमित दिने व्यवस्था गरिएको छ । तर, यात्रुवाहक वस र नदीजन्य पदार्थ बोकेको दर्जनौ ट्रिपरलाई उपत्यका प्रवेश गर्न दिएपछि काठमाडौंमा पुनः जोखिम बढ्ने खतरा देखिएको छ ।


त्यसमाथि भारतका बिभिन्न राज्य र नेपालका बिभिन्न जिल्लाबाट आएका सवारी साधनमा सवार यात्रु तथा चालकको सामान्य परीक्षण समेत नगरि छोडिएको छ । यसबारेमा जिल्ला ट्राफिक कार्यालय धादिङको ध्यानाकर्षण गराउँदा कसैले पनि प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..