चुनौती सामनाका लागि प्रभावकारी व्यवस्थापन गर्न आईजीपी शैलेश थापाकाे निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना भाइरस ( कोभिड-१९ ) को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभएको छ ।

उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा वैशाख १२ गते आइतबार आयोजित कार्यक्रमबीच निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको चर्चा गर्दै यसका लागि अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तिब्रता दिनुपर्ने बताउनुभयो ।

संगठनले तय गरेका नीति तथा योजनाहरुलाई व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न बैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

कोभिड नियन्त्रणमा अपनाईने मास्क, स्यानिटाइजरको प्रयोग लगायतका सम्पूर्ण सुरक्षा विधिहरुको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्न समेत उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..