यी हुन् गण्डकी प्रदेशका उत्कृष्ट तीन जिल्ला प्रहरी कार्यालय र प्रमुख

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङजाले माघ–चैत्रमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा पहिलो नम्बरमा राखेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटी, एसपी जीवन श्रेष्ठ र अरूण पाैडेल बीच भएको कार्य सम्पादन सम्झौता अनुसारको मूल्याँकनमा जिल्ला प्रहरी कार्यालय स्याङजा पहिलो भएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्की दाेस्राे र जिल्ला प्रहरी कार्यालय तनँहु तेस्राे भएका हुन् । प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट जिल्ला छनौट सम्बन्धि मूल्याँकन कार्यविधि २०७७ अनुसार प्रहरी कार्यालयहरुको मूल्याँकन गरेको हो । प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा मूल्याँकन गरेको हो ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुको मूल्याँकनपछि निर्णय गरेको हो । यसका लागि प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलको संयोजक्तवमा टोली गठन भएको थियो ।


प्रदेश प्रहरीको मूूल्याँकन अनुसार पहिलो जिल्ला प्रहरी कार्यालय स्याङजा, दोस्रो जिल्ला प्रहरी कार्यालय कास्की र तेस्रो जिल्ला प्रहरी कार्यालय तनँहु भएका छन् । यसको निर्णय आइतबार भएको हो । अहिले कास्की प्रहरीको नेतृत्व प्रहरी उपरीक्षक जीवन श्रेष्ठ र तनँहु प्रहरीको नेतृत्व प्रहरी उपरीक्षक अरुण पौडेलले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..