डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द,राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

आलोक यादव / काठमाडौं । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले डान्सबार र दोहोरी साँझ अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण रुपमा बन्द गर्नुपर्ने सीसीएमसीले सिफारिस गरेको छ ।


डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्देजसँगै रेष्टुरेन्टतर्फ पनि सीसीएमसीले कडा सुरक्षा मापदण्ड तयार पारेको छ । शनिबार सीसीएमसीको बैठकले सिफारिस गरेअनुसार अब राति १० बजेपछि रेष्टुरेन्ट बन्द गरिसक्नुपर्नेछ ।


यसअघि स्वास्थ्य मन्त्रालयले चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । यहीँबमोजिम सीसीमएसीले शनिबार निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बैठकले डान्सबार र दोहोरी साँझ र रेष्टुरेन्ट बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठकले यसको अन्तिम निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..