सर्वोच्चको आदेशविपरीत पशुपति क्षेत्रमा क्रिश्चियनको चिहान

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।


सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतको ०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।

महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ । सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ कि छैन भनी महासचिव जोशीले प्रश्न गरे ।


श्लेषमान्तक वनको संरक्षण, संवद्र्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उनले सुनाए । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासङ्घको माग छ । कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..