मोरङका पाँच इलाकामा नयाँ इन्सपेक्टर आउँदै

विराटनगर । पाँचवटा इलाका प्रहरी कार्यालयमा नयाँ इन्सपेक्टर (प्रहरी निरीक्षक) आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सरुवा गरेर मोरङ पठाएको हो ।इलाका प्रहरी कार्यालय बेलबारीमा सरोज खनाल, पथरीमा सन्तोषकुमार पोखरेल, रङ्गेलीमा अनमोल खड्का, रानीमा प्रकाश राउत र उर्लाबारीमा राजाराम खड्काको सरुवा भएको छ ।

बेलबारीमा यसअघि गुणराज बुढाथोकीको दरबन्दी थियो । तर विवादमा तानिएपछि उनको ठाउँमा ऋषिराज ढकाललाई लगिएको थियो । अहिले आएर खनालको दरबन्दी कायम भएको छ । ढकालको सोलुखुम्बु सरुवा भएको छ । पथरीमा अनिलकुमार पौडेल कार्यरत थिए ।

अनमोल खड्कालाई यसअघि नै रङ्गेलीमा काजमा खटाइएको थियो । रानीमा दीपक थापा र उर्लाबारीमा उद्धव पोखरेलको दरबन्दी थियो । इलाका प्रहरी कार्यालय पथरीबाहेक अन्य युनिटमा इन्सपेक्टरको नेतृत्वमा प्रहरी हुन्छ । पथरीमा भने डीएसपीको नेतृत्व छ ।प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा इन्सपेक्टरको सरुवा गरेको छ । कार्यालयले शुक्रबारसाँझ तीन सय ६६ जना इन्सपेक्टरको सरुवा निकालेको हो ।


प्रहरी अधिकृतको एक वर्षमा नियमित सरुवा हुनुपर्ने नियम छ । तर इन्सपेक्टरहरुको सरुवा तीन महिना अघिदेखि हुन सकिरहेको थिएन । यसअघि दरबन्दी कायम भएका इन्सपेक्टरहरुले तीन महिना बढी (१५ महिना) सम्म रहनु पर्ने अवस्था बन्यो । पछिल्लो पटक सरुवा भएका इन्सपेक्टरहरु २०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..