नेपाल पुलिससँग स्तब्ध बन्यो एपीएफ

काठमाडौं । विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकालेको छ। शनिबार भएको खेलमा पुलिसले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकालेको हो। पुलिसले एपीएफसँग पहिलो र दोस्रो सेट २५–२० र ३०–२८ ले हारेको थियो। तर, त्यसपछि भने उत्कृष्ट पुनरागमन गर्दै पुलिसले एपीएफलाई हराएको हो। यसपछि तेस्रो सेट २५–२३ ले चौंथो सेट २५–१९ र अन्तिम तथा पाँचौं सेट १५–११ ले पुलिसले आफ्नो पक्षमा पार्दै एपीएफलाई ३–२ ले पराजित गरेको हो।

साविक विजेता एपीएफको यो जारी लिगमा पहिलो हार हो। यसअघि आफ्नो पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो। एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..