नेपाल पुलिससँग स्तब्ध बन्यो एपीएफ

काठमाडौं । विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकालेको छ। शनिबार भएको खेलमा पुलिसले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकालेको हो। पुलिसले एपीएफसँग पहिलो र दोस्रो सेट २५–२० र ३०–२८ ले हारेको थियो। तर, त्यसपछि भने उत्कृष्ट पुनरागमन गर्दै पुलिसले एपीएफलाई हराएको हो। यसपछि तेस्रो सेट २५–२३ ले चौंथो सेट २५–१९ र अन्तिम तथा पाँचौं सेट १५–११ ले पुलिसले आफ्नो पक्षमा पार्दै एपीएफलाई ३–२ ले पराजित गरेको हो।

साविक विजेता एपीएफको यो जारी लिगमा पहिलो हार हो। यसअघि आफ्नो पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो। एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..