घरमै होली खेल्न एसपी धमलाको आग्रह ,मनपरी गरे कारवाही गर्ने चेतावनी

सप्तरी । होलीमा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो ।

चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमलाले सुरक्षा खबरलाई बताए ।

कोभिड –१९ को जोखिम कायमै रहेकोले आफ्नो घरपरिवारमा मात्र संयमित, नियन्त्रित र सुरक्षित भई होली पर्व मनाउन सूचना जारी गरेको हो ।

भिडभाडजन्य कार्य नगर्न, समाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य र उचित प्रयोग गर्न र जन स्वास्थ्यका रुपमा मापदण्ड र प्रोटोकल पालना गर्न प्रहरीले ध्यानकर्षण गराएको छ । घरको झायाल, छत, बरण्डा आदिबाट रंग, पानी, पिच्कारी तथा लोला प्रहार नगर्न आग्रह गर्दै प्रहरीले यस्ता किसीमका क्रियाकलाप गरे कानुन बमोजिम कार्रवाही गर्ने चेतावनी समेत दिएको छ ।

सप्तरी प्रहरीले जारी गरेको यस्तो छ १२ बुँदे सुझाव :

माथि उल्लेखित वुदाँहरु विपरितका क्रियाकलापहरु भए गरेको पाएमा कानुन बमोजिम कार्रवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..