होली पर्व घरमै मनाउन डीएसपी दाहालको आग्रह

लहान ।होलीमा सार्वजनिक कार्यक्रम नगर्न ईलाका प्रहरी कार्यालय लहानले आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो ।

चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक तपन कुमार दाहालले सुरक्षा खबरलाई बताए ।

सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विज्ञप्ति मार्फत भनेको छ, ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिक जिम्मेवारी नभुलौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..