एक्सनमा एसपी धमला : दसवर्षिया बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

दुर्गेश कुमार यादव / सप्तरी । दस वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया हुन् ।

बिहीबार गाउँमै लुकिबसेको अवस्थामा पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक ( एसपी ) राजेन्द्र धमलाले जानकारी दिए ।


२०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो । सो मुद्दामाथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..