प्रहरी जवान राम फागुन महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम । प्रहरी जवान सुरेन्द्र राम धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी चयन भएका छन् ।

सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत राम बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

यसका साथै गत माघ ६ गते लक्ष्मिनियाँ गाउँपालिका १ बस्ने विवेक यादवलाई २ थान कटुवा पेस्तोलसहित पक्राउ गरी उच्च जोखिमपूर्ण तथा साहसी रुपले आफ्नो पदीय दायित्व इमान्दारीपूर्वक निर्वाह गरेकाले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..