प्रहरी जवान राम फागुन महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम । प्रहरी जवान सुरेन्द्र राम धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी चयन भएका छन् ।

सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत राम बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

यसका साथै गत माघ ६ गते लक्ष्मिनियाँ गाउँपालिका १ बस्ने विवेक यादवलाई २ थान कटुवा पेस्तोलसहित पक्राउ गरी उच्च जोखिमपूर्ण तथा साहसी रुपले आफ्नो पदीय दायित्व इमान्दारीपूर्वक निर्वाह गरेकाले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..