गृहसचिव न्यौपाने नेपाल प्रहरी मुख्यालयमा,संगठन शुद्धीकरणमा जोड

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिएका थिए । गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिए ।


उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए । उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण इमानदारिताका साथ आफ्नो प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए ।

गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारबाही प्रक्रिया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो । गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा गृह मन्त्रालयले छलफल अगाडि बढाएको चर्चा गरे ।

यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी टिम बनाई थप सक्रियताका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्राप्त निर्देशनलाई प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले आफ्नो क्षमता प्रदर्शनभन्दा पनि इमानदार भई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो ।


महानिरीक्षक क्षेत्रीले प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर एउटा प्रणालीमा ल्याउने प्रयास भइरहेको बताए । प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको पनि उनको भनाइ छ ।

उक्त अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगति सम्बन्धी समीक्षात्मक प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायब महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु उपस्थिति थिए । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..