निर्मला पन्त प्रकरण बारे नयाँ सूचना छ : डीआईजी सुवेदी

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले नर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बारे नयाँ सूचना आउन थालेको दावी गर्नु भएको छ ।

शुक्रबार कञ्चनपुरमा आयोजना गरिएको सुरक्षित चेली अभियान २०७७ मा डीआईजी सुवेदीले समाजबाट पाएको सूचनाको सहयोगले भागरथी हत्यारा पत्ता लागेपछि अब निर्मला प्रकरण बारे पनि थप सूचना आउन थालेको दावी गर्नुभयो ।डीआईजी सुवेदीले घटनाको पश्चात निर्मला प्रकरणमा सामुदायबाट र स्थानीयबाट सहयोग नपुग्दा यो मुद्दा टुंगिन नसकेको पनि भनाइ थियो ।

प्रदेश प्रहरी प्रमुख सुवेदीले यस बारे समुदायबाट नै सूचना आउन थालेपछि छिट्टै नै निर्मला प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..