झा दम्पती बेपत्ता प्रकरण : २६ दिनदेखि घरमा चुलो बलेन,राति सुत्दैनन् छोरा-बुहारी

कमलेश ठाकुर / जनकपुरधाम । जनकपुर–जलेश्वर सडकखण्ड अन्तरगत पर्छ– सोहर्वा गाउँ। महोत्तरीको पिपरा गाउँपालिका ५ मा पर्ने सोहर्वाका मुसाफिर झा र उनका पत्नी गितादेवी बेपत्ता भएको २६ दिन भयो । सोहर्वामा उनको अलग–अलग तीन ठाउँमा घर छ । झा दम्पती जुन घरबाट अपहरणमा परे, त्यो घरको चारैतीर पर्खाल छ । फागुन १० गते राति खाना खाएर मुसाफिर सुते। छेउकै घरमा उनका कान्छी बुहारी उषा झा थिइन् । उनको श्रीमती गितादेवी पक्की घरमा सुतेकी थिइन् ।

जेठी बुहारी अंशु झा दुई घर पर रहेको पुरानो घरमा सुत्न गइन् । कान्छी बुहारी उषा विहान ५ बजे उठेर घरबाट निस्किन खोज्दा बाहिरबाट ढोका ‘लक’ थियो। ‘ढोकामा हातले ठोके, तर कोही आएनन् । उनी भन्छिन्, ‘ढोका बाहिरबाटै लक थियो। अनी एकछिन बेडमै अराम गरे । फेरी ६ बजे तीर झा दम्पती… ढोका ढकढकाए । दिदी अंशु झाले खोलिन् । त्यसपछि दुबै जना काम गर्न थाल्यौं ।’

बच्चाले ढोका लगाइदिए होला ठानेर काम गर्न थालेको तर पछि सासु–ससुरालाई घरमा नदेखेपछि अपराधीहरूले थुनेको हुनसक्छ जस्तो लाग्यो– उनले थपिन्। उनी घरको काम गर्न लाग्दा पानी पोखेको देखिन् । त्यसपछि रगत पनि देखिन्। अनी सासु– ससुरा सुतेको कोठा पुग्दा कसैलाई देखिनन् । उनीहरू सुतेको ओछ् यानसमेत नरहेको देखेपछि उनको होसहवास उड्यो। उनी भन्छिन्, ‘सासु–ससुरालाई कसले लग्यो भनेर चिन्ता भयो। छिकेकीलाई बोलायौं । चारैतीर खोज्दा पनि कतै भेटेनन्।’ राति गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै प्रकारको अवाज नसुनेको मुसाफिरको बुहारी उषाको भनाई छ ।

‘राती बुबाआमा खाना खाएर चाँडै सुत्नु भएको थियो,’ कान्छी बुहारी उषाले भनिन्, ‘गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै अवाज आएनन्।’ २६ दिनदेखि झा दम्पती वेपता छन् ।

उनको घर सुनसान छ । घरमा खाना पाक्दैनन् । पाकेपनि कसैलाई पनि खाना रुच्दैन । मुसाफिरका दुई छोरी पनि माइत आएकी छन् । घरमा हुनेको अनुहार सुकेको देखिन्छ । उनीहरू घरीघरी बुबा–आमालाई सम्झेर रुन्छिन् । भारतमा रोजगारी गरिरहेका मुसाफिरका कान्छा छोरा मनिष पनि घर फर्केका छन् । बुबाआमा वेपत्ता भएका कारण उनी रातमा पनि सुत्ने गरेका छैन । उनको दुबै आँखा रातो भइसकेको छ । अनुहारमा कुनै बेला पनि मुस्कान आउँदैनन् ।

मुसाफिरको जेठो छोराको चार वर्ष अगाडी नै निधन भइसकेको छ । झा दम्पती वेपत्ता भएको खबरले गाउँमा त्रासको वातावरण सृजना भएको छ । २४ औं घण्टा प्रहरीले पहरा दिइरहेका छन् उको घरमा ।

विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गर्दा पनि उपलब्धी शुन्य छ । प्रहरीले झा दम्पती खोज्न नसकेको भन्दै आन्दोलन सुरु भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली अनुसन्धान गर्न महोत्तरी आइपुगेको छ । बिहीवार झा दम्पतीको घरमा दिनभर सिआइबीको टोलीले दर्जनौं व्यक्तिसँग सोधपुछ गरेका छन् ।

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले विशेषत तीन कोणबाट अनुसन्धान भइरहेको बताए । उनका अनुसार आर्थिक लेनदेन, व्यक्तिगत र पारिवारिक रिसइबीको कोणबाट सुक्ष्म अनुसन्धन भइरहेको छ । प्रहरीले झा दम्पतीका छिमेकीसहित चार जनालाई नियन्त्रणमा पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..