लहान मालपोतमा बम विस्फोटको अनुसन्धान जारी, डीआईजी सिंह घटनास्थलमै

सिरहा । सिरहाको लहान नगरपालिका – ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा केहिसमय अघि बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको थप अनुसन्धान जारी छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहको नेतृत्वमा अनुसन्धान भइरहेको छ। सिंहले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताए। सिंहले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..