माओवादी केन्द्रको स्थायी कमिटी बैठकको बीचमै प्रवेश गरेर निस्कीएरावल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफु निकटका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएर पार्टी पदाधिकारीहरुको जिम्मेवारी शनिबार खोसिदिनु भयो ।


नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालसहित नेपाल निकटका नेताहरुको जिम्मेवारी खोसेर प्रधानमन्त्री समेत रहनुभएका ओलीले विभिन्न पदहरुमा निकटका नेताहरुलाई मनोनयन गर्नुभएको छ ।

त्यसको एक दिन पनि नबित्दै नेता नेपाल पक्षका प्रभावशाली नेता भीम रावल भने आइतबार एक बिहानै बोलाइएको (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरिक हुनु भएको छ ।
उहाँ बिहान पेरिसडाँडामा भएको नेकपा माओवादी केन्द्रको बैठकमा ९:३० बजे प्रवेश गरेको स्रोतले बताएको छ । जबकी माओवादीको बैठक ९ बजेबाट सुरु भएको थियो ।त्यहाँ नेता रावलले ३० मिनेट छलफल गरेको खुलेको छ । तर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा के के ? बिषयमा कुुराकानी भयो भन्नेबार खुलेको छैन । पेरिसडाँडाबाट बहिदिै गर्दा रावलले संचारकर्मीहरुलाई कुनै प्रतिकृया दिन नचाहेको पनि बताइएको छ ।


पेरिसडाडाँबाट बाहिरिएपछि नेता रावल सिधै नयाँबानेश्वरको अर्याल होटलतर्फ लाग्नुभएको छ । त्यहाँ (एमाले) बरिष्ठ नेता माधव नेपाल समुहको स्थायी समिति बैठक बोलाइएको छ ।
(नेकपा)लाई सर्वोच्चले मान्यता नदिएपछि (नेकपा एमाले) र (नेकपा) माओवादी आ-आफ्नै अस्थित्वमा आएका छन् । तर (एमाले) अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल पक्षलाई पेलानमा पारेपछि नेता नेपाल माओवादी केन्द्रसँग नजिकीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..