एसपी चतुर्बेदीको ठुलो सफलता : नक्कली नोट छाप्ने मेसिन सहित एक पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिन सहिते एक जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर – ९ स्थित पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्री सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा मंगलवार राती करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको एसपी चतुर्बेदीले बताए । रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..