आईजीपि शैलेश थापाद्वारा जिप्रका स्याङ्जाको स्थलगत निरीक्षण

काठमाडौं । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक( आईजीपि ) सैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत निरीक्षण गरेका छन्। निरिक्षणका क्रमा थापाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई कानुनको कार्यान्वयनमा कदापी नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न निर्देशन दिएका छन्। 

‘प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुन्छ,’ उनले भने।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ।’ 

प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उनले बताए।

प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी महानिरीक्षक सैलेश थापा क्षत्रीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिएका थिए।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्रीले भने, ‘प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्छ।’

साथै, उनले नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा खटिई प्राप्त जिम्मेवारी पूरा गर्न कति पनि विचलित हुन नहुने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य–सम्पादन गर्नुपर्नेमा समेत सचेत गराए।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालयको भवन तथा भौतिक संरचनाहरूको अवलोकन गर्नभएको उक्त निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति परिचालन लगायतका विषयमा प्रहरी प्रमुखलाई जानकारी समेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..