प्रहरी नागरिकको भरोसाको केन्द्र बनाउन सके सार्थकता हुन्छ – प्रहरी अतिरिक्त महानिरीक्षक पाल

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले प्रहरीको भवनलाई आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने बताएका छन् । महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्दै नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा दिन पनि उनले निर्देशन दिए ।


उक्त अवसरमा एआईजी पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरे । स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्ने कार्यको लागि सहयोगी सिद्ध हुने पनि उनले विश्वास व्यक्त गरे ।


कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने बताए ।साथै ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मूल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौला, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य लगायत सहभागी थिए ।
उक्त भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण भएको हो । करिब ४२८२.४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..