प्रहरी नायव महानिरीक्षक सुवेदीले भने अब निर्मला पन्तले पनि चाँडै न्याय पाउँछिन्

काठमाडौं । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्। भागरथी हत्या अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउन पाएकोमा खुसी समेत व्यक्त गरेका छन्।

दोगडाकेदार गाउँपालिकाको सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत छात्रा भागरथी गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत अबसथामा उनको लास भेटिएको थियो।

घटनाको अनुसन्धानका लागि माघ २५ गते डीआईजी सुवेदी आफै खोचलेक पुगेका थिए। २५ गतेदेखि खोचलेकमै रहेका सुवेदीले भागरथीको हत्यामा संलग्नको पहिचान गरेपछि मात्र अस्थायी मुकाम धनगढी फर्किने बाचा गरेका थिए।नभन्दै घटना भएको १३ औँ दिनमा प्रहरीले भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

भागरथीका छिमेकी र नातेदार समेत रहेका उनले अभियोग स्वीकार गरिसकेको दाबी प्रहरीले गरेको छ। निर्मला हत्या प्रकरणमा हालसम्म असफल देखिएको नेपाल प्रहरीले सोही प्रकृतिको भागरथी प्रकरणको सफल अनुसन्धान गरेको भन्दै अहिले सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रहरीको प्रसंशा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..