प्रहरी नायव महानिरीक्षक सुवेदीको टोलीलाई खोचलेकबासीले गरे सम्मानसहित बिदाई

काठमाडौं । भागरथी भट्टको हत्याका आरोपी पक्राउ परेपछि प्रहरी टोलीलाई सम्मानसहित बिदाई गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको टोलीलाई अपराधी पत्ता लगाउन सफ भएपछि बुधबार खोचलेकबासीले सम्मानसहित बिदाई गरेका हुन् ।

घटना घटेको १३ दिनपछि प्रहरी नायव महानिरीक्षक को सुवेदीको टोलीले अपराधीलाई पत्ता लगाउन सफल भएको छ। घटनामा डिआइजी सुवेदी आफैँ गएर अनुसन्धान गरेका थिए । यस्ता घटनामा प्राय बिरल्ले डिआइजी गएर अनुसन्धान गर्ने गर्दछन् तर, निर्मला पन्तजस्तो घटना नदोहोरियस भन्ने उद्धेश्यका साथ डिआइजी सुवेदी आफैँ अनुसन्धानमा खटिएका थिए ।

गत माघ २१ गते विद्यालयबाट घर नआइपुगेपछि भागरथीको खोजी शुरू भएको थियो । २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा भागरथीको शव फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..