प्रहरी नायव महानिरीक्षक सुवेदीको टोलीलाई खोचलेकबासीले गरे सम्मानसहित बिदाई

काठमाडौं । भागरथी भट्टको हत्याका आरोपी पक्राउ परेपछि प्रहरी टोलीलाई सम्मानसहित बिदाई गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको टोलीलाई अपराधी पत्ता लगाउन सफ भएपछि बुधबार खोचलेकबासीले सम्मानसहित बिदाई गरेका हुन् ।

घटना घटेको १३ दिनपछि प्रहरी नायव महानिरीक्षक को सुवेदीको टोलीले अपराधीलाई पत्ता लगाउन सफल भएको छ। घटनामा डिआइजी सुवेदी आफैँ गएर अनुसन्धान गरेका थिए । यस्ता घटनामा प्राय बिरल्ले डिआइजी गएर अनुसन्धान गर्ने गर्दछन् तर, निर्मला पन्तजस्तो घटना नदोहोरियस भन्ने उद्धेश्यका साथ डिआइजी सुवेदी आफैँ अनुसन्धानमा खटिएका थिए ।

गत माघ २१ गते विद्यालयबाट घर नआइपुगेपछि भागरथीको खोजी शुरू भएको थियो । २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा भागरथीको शव फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..