सइ र असइको भाग्य खुल्ला ?

काठमाडौं । नेपाल प्रहरीको बढुवामा सधैं चलखेल हुन्छ । रिक्त पद थोरै हुने, आकांक्षी धेरै हुने तर निष्पक्षता नहुने भएकाले यस्तो चलखेल हुनु स्वभाविक हो ।


अझ सइबाट इन्सपेक्ट बढुवामा प्रहरी नेतृत्वमाथि अत्याधिक दबाब आउने गर्दछ । हाल सइका एक सय पद रिक्त छन् । जमा ४० पदमा बढुवा हुन्छ । त्यसमा तीन सय भन्दा धेरै सइ प्रतिस्पर्धामा छन् । यस्तो समस्या भएपछि प्रहरी प्रधान कार्यालयले नीति नै फेर्नुपर्ने निष्कर्षमा पुगेको छ ।


रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पदपूर्ति गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । यो पास भएमा सइबाट इन्सपेक्टरमा बढुवाको जाम केही हदसम्म खुल्नेछ । सोही कारण तत्काल सइको बढुवा रोकिएको छ ।


उता असइमाथि भएको अन्यायमा पनि केही राहत मिल्ने देखिएको छ । पूर्व एसएसपी डा.गणेश रेग्मीले असइमाथि भएको विभेद हटाउन सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । १२ कक्षा उत्तिर्ण व्यक्रि निजामतीमा नासु हुने तर प्रहरीको असइले भने खरिदार सरहको मात्र सुविधा पाउँछ । यो विभेद हटाउन माग गरी उनले रिट दायर गरेका हुन् । जसको बुधबार सुनुवाई हुँदैछ ।

राज्यबाट भएको यस्तो अन्यायमा सर्वाेच्चले असइलाई न्याय दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..