नेकपा नेतृ झाँक्रीलाई रिहा गरेको भन्दै एसएसपी दिपक थापा हेडक्वार्टर तानिए

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा नेतृ रामकुमारी झाँक्री ) लाई रिहा गरेको भन्दै महानगरीय अपराध महाशाखा काठमाडौंका बरिस्ठ प्रहरी उपरीक्षक ( एसएसपी ) दिपक थापा हेडक्वार्टर तानिएका छन्।

करिब १० महिनाअघि मात्रै अपराध महाशाखा काठमाडौंमा आएका उनलाई रातारात हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी चन्द्र कुवेर खापुङलाई ल्याइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँक्रीलाई पक्राउ गरिएपनि थापाले ५ घण्टामै छाडेका कारण उनलाई हटाइएको हो । उनलाई बालुवाटारकै निर्देशनमा हेडक्वार्टर तानिएको स्रोतले जनाएको छ।

थापाको कार्यकालमा ठूला आपराधीक घटनाको सफल अनुसन्धान भएको थियो। राजधानीको गोंगबुमा एक युवाको हत्या घटनामा २४ घण्टा नबित्दै अपराध महासाखाले सफल अनुसन्धान गरेर घटनामा समलग्न महिलालाई पक्राउ गर्न सफल भएको थियो।

राज्य विरुद्ध कसुर गरेको भन्दै नेकपा नेतृ रामकुमारी झाँक्री गत माघ १९ गते पक्राउ गरेकी थिइन्। उनलाई प्रहरीले ५ घण्टामै रिहा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..