थापालाई प्रहरी महानिरीक्षकबाट हटाउने खेल – एआइजी पोखरेलको शक्तिकेन्द्रमा दौडधूप

काठमाडौं । सर्वेन्द्र खनाल र उनका ब्याचीको अवकाशपछि नेपाल प्रहरीको नेतृत्व तहमा गुटबन्दीको समस्या समाधान भयो । त्यसपछि ठाकुर ज्ञवाली छोटो अवधिका लागि आइजीपी भएकाले यो समस्या देखिएन ।

गत असारमा प्रहरी महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको नियुक्ति उदाहरणीय भयो । उनको बढुवामा कुनै अस्वस्थ प्रतिस्पर्धा भएन । उनले सामूहिक नेतृत्वको अवधारणअनुसार संगठन चलाए । जसकारण नेतृत्वमा विगतमा जस्तो अनेक चलखेल र दौडधुप हुन पाएन । संगठनको नेतृत्वमा एकता देखियो ।

तर, केही महिनायता प्रहरीमा फेरि प्रहरी नेतृत्वमा गुटबन्दीको समस्या देखिन थालेको छ । संगठनको चेन अफ कमाण्ड नमानी शक्तिकेन्द्रहरुलाई हात लिएर बढुवा भएका एआइजी विश्वराज पोखरेलका कारण प्रहरीमा यस्तो समस्या देखिएको हो । आफ्नो लागि मन्त्रिपरिषद्बाट दरबन्दी नै थप्न लगाएर गत मंसिरमा उनको बढुवा भएको थियो । उनै पोखरेल अहिले महानिरीक्षक क्षेत्रीलाई हटाउने अभियानमा लागिसकेका छन् ।

अब वैशाखमा हुने भनिएको चुनावमा प्रहरी नेतृत्वमा आफू आए सहयोग गर्ने भन्दै नेकपाको सत्तारुढ नेताहरुका उनी धाउन थालेका छन् । अहिलेका आइजीपीबाट काम नचल्ने भन्दै प्रहरी महानिरीक्षक र अन्य एआइजीविरुद्ध कुरा लाउँदै दिनहुँ जसो उनी शक्तिकेन्द्र धाउन थालेको स्रोत बताउँछ ।

यही कारण प्रहरी महानिरीक्षकसँगको उनको दुरी समेत बढेको छ । यही स्वभावका कारण महानिरीक्षक क्षेत्रीले कतिपय महत्वपूर्ण छलफलमा पोखरेललाई नराख्ने गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको चलखेलमा नियमविपरीत दरबन्दी थपेर उनलाई बढुवा गरिएको थियो । जबकि, संसदीय समितिले बढुवा नगर्न निर्देशन दिएको थियो । आगामी चुनावमा उनले सहयोग गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सबैलाई विश्वासमा पारेर विश्वराजको यसरी बढुवा गराएका थिए । अब चुनाव अघि नै हुने भएपछि चुनावअघि नै आफूलाई महानिरीक्षक बनाउने खेलमा उनी लागेका छन् । संगठनलाई बर्बाद बनाएर आफ्नो एकल स्वार्थपूर्तिमा लागेपछि प्रहरी मुख्यालयमा समेत उनी एक्लिएका छन् ।

सर्वोच्चको फैसलापछि यो सरकार नरहन सक्ने र नयाँ सरकार बनेपछि आफू महानिरीक्षक हुने सम्भावना कम भएकाले पनि उनले अहिले नै यस्तो दौडधुप गरेका हुन् । मंगलबारको दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..