डीएसपी ढुंगेललाई सफाइ,सर्वोच्चबाट जिल्लाकै फैसला सदर

काठमाडौं । प्रहरी नायव उपरीक्षक ( डीएसपी ) कुमोध ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारिखमा छाड्ने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसले डीएसपी ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाड्न दिएको आदेशलाई सदर गरेको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई २०७७ असारमा साधारण तारिखमा छाड्ने आदेश दिएपछि उनी जागिरमा बहाली भएका थिए ।उच्च अदालत पाटनले १६ पुस २०७७ मा १ लाख धरौटी मागेपछि उनी उक्त आदेशविरुद्ध २०७७ माघ ७ मा १७ नम्बर निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चले जिल्लाको आदेशलाई सदर गरेको छ ।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको बयानका आधारमा तत्कालीन आइजीपी सर्वेन्द्र खनालले उनलाई निलम्बन गरेका थिए । उनका बिरुद्ध डाँका, शरीर बन्धक र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

कुमोध ढुंगेल नेपाल प्रहरीमा गुण्डानाइकेहरु दिनेश अधिकारी चरी र मनोज पुनको इन्काउन्टर गर्ने प्रहरी अधिकृत हुन् । मनोज पुनले विदेशमा बसेर नेपालमा फिरौती असुली गर्ने र नदिए हत्या गर्ने काम गरेका थिए ।युवासंघका दुर्गा तिवारीको हत्या पुनले नै गरेका थिए भने बुटवलका धेरै एमालेका नेता कार्यकर्ता र ब्यवसायी पुनको निशानामा थिए । तर कुमोध ढुंगेलले उनलाई कयौं दिनसम्म भारतमा बसी पक्राउ गरी नेपालमा ल्याएर इन्काउन्टर गरेका थिए ।

रामेछापमा डीएसपी हुँदा सुन्तली तामाङको बलात्कारपछि हत्या गरी फरार भएका श्याम राउतलाई भारतको अण्डमान निकोबारबाट पक्राउ गरी ल्याउने काम पनि उनैले गरेका थिए । तर पूर्वआइजीपी सर्वेन्द्र खनालले ढुंगेल जस्ता प्रहरी अधिकृतलाई झुटो आरोपमा निलम्बन गरी मुद्दा चलाउने काम गरी हतोत्साही पार्ने काम गरेका थिए । ढिलै भए पनि उनले अदालतबाट न्याय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..