पूर्वमन्त्री मातृका यादवमाथि गाेली चलाउने डिएसपी मिश्र काे हुन् ?

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड-माधव समूह ) का केन्दीय सदस्य तथा पूर्वमन्त्री मात्रीका यादवले धनुषाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) मकेन्द्र मिश्रलाई केपी शर्मा ओलीको छोराको संज्ञा दिएका छन्।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका यादवले डीएससी मिश्रको आदेशमा प्रहरीले प्रदर्शनकारीमाथि बर्बरता गरेको भन्दै मिश्रलाई ओलीको छोराको धर्म निर्वाह गरेको आरोप लगाएका हुन्।

बिहीबार धनुषामा नेकपाका कार्यकर्ता र प्रहरीबिच भएको सामान्य झडपको क्रममा डीएसपी मिश्रले लाठीचार्जको आदेश दिएका नेता यादवले बताए।

बिहीबार नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आम हड्तालमा प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ। अण्डोषमा गम्भीर चोट लागेपछि उनलाई काठमाडौं पठाइएको छ।

जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा गम्भीर चोट लागेको हो।

प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो। पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए। उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए।लोकपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..