एसपी सुदिप राज भण्डारीको सक्रियताले : सिरहाबाट बेपत्ता बालक भारतको मधुवनीबाट सकुशल उद्दार

सिरहा । सिरहामा बेपत्ता भएका २ बर्षको बालक ४८ घण्टापछि सकुशल फेला परेका छन्। मंगलबार राती साढे ८ बजे घरको बरण्डाबाटै बेपत्ता भएका सिरहा नगरपालिका वडा नम्बर – १ डुम्बाखाताका प्रदिप यादव र संगीता कुमारी यादवका छोरा प्रियांसु यादव बिहिवार बेलुका ७ बजे भेटिएका हुन्।

सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवको २ वर्षीय छोरा प्रियांसु आफनै घरको बरान्डामा खेलीरहेको अवस्थामा मंगलबार राति साढे ८ बजे बेपत्ता भएका थिए। बालक बेपत्ता भएलगतै परिवारजनले सिरहा प्रहरीलाई खबर गरेका थिए। परिवारजनले बालकको अपहरण भएको आशंका गरेका थिए ।

खोजतलासको क्रममा बिहीबार साँझ भारतको मधुवनीमा सकुशल भेटिएका बालक प्रियान्सुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बालकको आमा संगिता कुमारी यादवलाई जिम्मा लगाई पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदिप राज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..