आइजीपी शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन


काठमाडौं । नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति हुनुभएका ३१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृतहरु रहेका छन् । साथै सोही मितिको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १ जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल सरकारद्वारा घोषित निर्वाचन प्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताउनुभयो । संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरु पदिय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ऋषिराम कंडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..