प्रदर्शनकारी र प्रहरीबीच झडप, पूर्वमन्त्री मातृका यादव सहित करिब २ दर्जन घाइते

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा–प्रचण्ड–नेपाल नेतृत्वको नेकपा ) का कार्यकर्ता र प्रहरीबीच आज जनकपुरधाममा झडप भएको छ। बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका यादव र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्। यादवको खुट्टामा चोट लागेको छ भने प्रहरीको लाठी प्रहारबाट झाको टाउकोमा गम्भीर चोट लागेको छ।

घाइतेहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिनु भयो । ‘जुलुसअघि बढेसकेपछि प्रहरीले पछाडिबाट लाठी, अश्रुग्यास तथा हवाइ फायर गर्‍यो’, साहले नेपालखबरसँग भने, ‘सो क्रममा दुई नेतासहित अन्य दर्जनबढी कार्यकर्ता घाइते हुनुभएको छ। घाइतेहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ।’

यता प्रदेश प्रहरीले भने प्रहरी भ्यानमा तोडफोट गरेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जनाएको छ। उक्त झडपमा दुई प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ। ‘प्रहरीको भ्यानमा तोडफोड गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो’, प्रहरी स्रोतले भन्यो, ‘दुई जना प्रहरी ढुंगा लागेर घाइते भएका छन्।’ प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..